चार्टड एकाउण्टेन्टहरुलाई लोभ नगर्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री डा. प्रकाशशरण महतले चार्टड एकाउण्टेन्सहरुलाई पेशागत कर्तव्य पालना गर्ने सिलसिलामा आउने लोभ, लालसा अथवा डर धम्कीबाट नडराउन निर्देशन दिनुभएको छ । 

चार्डट एकाउन्टेन्स संस्थाको २७ औं वार्षिकोत्सव एवं छैटौं दिक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले त्यस्तो निर्देशन दिनुभएको हो । अर्थमन्त्रीले चार्टड एकाउण्टेन्सहरुले निष्ठापूर्वक जिम्मेवारी बहन गर्नुपर्नेमा पनि जोड दिनुभयो । 

‘चार्टड एकाउण्टेन्सहरुले पेशागत कर्तव्य पालना गर्ने सिलसिलामा आउने लोभ, लालसा अथवा डर धम्कीबाट किञ्चित  नहिच्किचाइ आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक वहन गर्ने प्रतिज्ञा गर्नुपर्छ', अर्थमन्त्री महतले भन्नुभयो ।

कर प्रशासनमा चार्टड एकाउण्टेनलाई प्रवेश गराउन सरकार सकारात्मक रहेको पनि उहाँले बताउनुभएको छ । कर प्रशासनमा चार्टड एकाउण्टेन्सहरुको प्रवेशले सार्वजनिक क्षेत्रदेखि लिएर निजी क्षेत्रमा समेत सुशासन सुनिश्चित हुने अर्थमन्त्रीको विश्वास छ । 

बेरुजुको वर्गीकरण गरेर गम्भीर प्रकृतिका समस्यालाई प्राथमिकताका आधारमा समस्या समाधान गर्नुपर्ने मन्त्री महतको भनाई छ । उहाँले पछिल्लो समय देशको अर्थतन्त्रले बिस्तारै लय समातिरहेका पनि दावी गर्नुभयो ।

टिप्पणीहरू