काँग्रेस सभापति अपरान्ह बालुवाटार, साँझ परेपछि शीतल निवासमा

काँग्रेस सभापति अपरान्ह बालुवाटार, साँझ परेपछि शीतल निवासमा

नेपाली काँग्रेसका सभापति तथा भूतपूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आज पुष्पकमल दाहाल र राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुभएको छ । देउवा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ताको लागि अपरान्ह ४ बजे बालुवाटार पुग्नुभएको बुझिएको छ । 

झण्डै एक घण्टाको भेटपछि उहाँ बालुवाटारबाट राष्ट्रपति निवास शीतल निवासतर्फ लाग्नुभएको थियो । सवा ५ बजेदेखि राष्ट्रपतिसँग शुरु भएको छलफल करिब आधा घण्टासम्म चलेको र साँझ पौने ६ बजे शीतल निवासबाट बाहिरिनुभएको पारिवारिक श्रोतले जनआस्थालाई बतायो ।

दुबै भेटमा छोराको बिहे,राष्ट्रियसभा अध्यक्षमा कृष्ण सिटौलाको सुनिश्चितता,बिनोद चौधरी पक्राउ नपर्ने कुराको ज्ञारेण्टीजस्ता प्रसङ्ग छेडिएको श्रोतको ठहर छ ।

टिप्पणीहरू