प्रधानमन्त्री सेनाको हेलिकोप्टरमा सिन्धुली जाँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सिन्धुली जान लाग्नुभएको छ । उहाँ नेपाली सेनाको हेलिकोप्टरमा बिहान ११ बजे काठमाडौंबाट सिन्धुलीको दुधौली जाने कार्यक्रम छ ।
सेनाको कल साइन ९ एन आरएएम हेलिकोप्टरमा गएर उहाँले दुधौली नगरपालिकाको प्रशासकीय भवन र दुधौली नगर अस्पताल भवनको उद्घाटन गर्नुहुने बताइएको छ ।
त्यसपछि प्रधानमन्त्रीे उदयपुरको सिमेन्ट कारखानाको पनि अवलोकन गरेर राजधानी फर्कनुहुने छ ।
टिप्पणीहरू