प्रधानमन्त्री आठ जनाको टोलीसहित सिन्धुली प्रस्थान
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सिन्धुली जानुभएको छ । उहाँ नेपाली सेनाको कल साइन ९ एन आरएएम हेलिकोप्टरमा बिहान ११ बजे सिन्धुलीको दुधौली जानुभएको बताइएको छ ।
उहाँले दुधौली नगर अस्पताल भवन र दुधौली नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्ने कार्यक्रम छ ।
त्यसपछि प्रधानमन्त्रीे उदयपुर सिमेन्ट कारखानाको अवलोकनमा उदयपुर पुगेर आजै अपरान्ह राजधानी फर्कनुहुने छ ।
टिप्पणीहरू