राप्रपा महाधिवेशन प्रतिनिधिको उपाध्यक्षविरुद्ध उजुरी

राप्रपा महाधिवेशन प्रतिनिधिको उपाध्यक्षविरुद्ध उजुरी
सुन्नुहोस्

पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध अभिव्यक्ति दिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्षविरुद्ध पार्टीभित्रै उजुरी परेको छ । 

राप्रपा महाधिवेशन प्रतिनिधि अजयकुमार रिमालले उपाध्यक्ष उद्धव पौडेलविरुद्ध पार्टीको अनुशासन समितिमा उजुरी दिएका हुन् । 

उपाध्यक्ष पौडेलले केही दिनअघि दिएको एउटा अन्तर्वार्तामा पूर्वराजा हिन्दु मन्दिरहरूमा मात्रै गएको तर मुस्लिम, हिन्दु, बुद्धिस्टलगायतलाई बेवास्ता गरेको आशय व्यक्त गरेका थिए । सबैलाई जोड्ने राजाको परिकल्पना आफूहरूले गरेको भन्दै यदि शाहमा त्यो सामथ्र्य नभए अर्को मान्छेलाई उत्तराधिकारी बनाउनुपर्ने पौडेलको आशय थियो । 

तर रिमालले अनुशासन समितिका प्रमुख नवराज सुवेदीलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले पार्टीको सिद्धान्त विपरित अभिव्यक्ति दिएको दाबी गरेका छन् ।

उजुरीमा लेखिएको छ, ‘प्रतिकुलका अभिव्यक्ति दिने छुट कुनै पनि तहमा रहेका नेता तथा कार्यकर्ताहरूलाई हुँदैन । यो पार्टी अनुशासन विपरीतको काम हो। यस्तो अनुशासनहीन अभिव्यक्ति दिने, गैरजिम्मेवारपूर्ण कार्य गर्ने, भ्रामक प्रचार गर्ने, पार्टीका उपाध्यक्ष उद्धव पौडेललाई अनुशासन समितिबाट अनुशासनको हदैसम्म कारबाही गर्न तथा निजलाई भविष्यमा पार्टीको कुनै पनि तहको जिम्मेवारी समेत नदिने गरी कारबाही गर्न माग गर्दै यो निवेदन पेस गरेको छु ।’

टिप्पणीहरू