कोशीको मन्त्रिमण्डलमा सबैको भाग पुर्याईंदै

कोशीको मन्त्रिमण्डलमा सबैको भाग पुर्याईंदै
सुन्नुहोस्

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीपरिषद् विस्तारको तयारी गरेका छन् । उनले भोलि चार जना मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गर्ने बताइएको छ ।

स्रोतका अनुसार काँग्रेस संस्थापन समूहबाट प्रदीपकुमार सुनुवार मन्त्री बन्ने छन् । शेखर कोइराला समूहबाट रामकुमार खत्री मन्त्री बन्ने लगभग तय भएको बताइएको छ । शेखर समूहले इन्दिरा थापालाई राज्यमन्त्री बनाउने तयारी पनि गरेको छ ।

त्यसैगरी माओवादीबाट दुई जना मन्त्री बन्दैछन् । उदयपुरका नारायण बुर्जामगर र संखुवासभाका राजेन्द्र कार्कीलाई पनि सरकारमा पठाउने निर्णय गरिएको छ । अहिले माओवादीबाट गणेश उप्रेती पर्यटन मन्त्री छन् ।

सत्तारुढ गठबन्धनको निर्णयविरुद्ध विद्रोह गर्दै नेकपा एमालेको समर्थनमा कार्की असोज २७ गते मुख्यमन्त्री बनेका हुन् ।

टिप्पणीहरू