मन्त्रीको विशेष निर्देशनमा दुईवटा जहाज वेट लिजमा

मन्त्रीको विशेष निर्देशनमा दुईवटा जहाज वेट लिजमा

नेपाल वायुसेवा निगमले दुई वटा न्यारोबडीे जहाज भाडामा लिने भएको छ । 
सार्वजनिक खरिद ऐन, नियमबमोजिम सार्वजनिक माध्यमबाट अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दै दुईवटा न्यारोबडी जहाज भाडामा लिन लागिएको निगमले जनाएको छ । 

जहाज भाडामा दिने कम्पनीले विमान, चालक दल, मर्मतसम्भार, बीमासमेत आफैँले व्यहोर्ने र निगमले बजार व्यवस्थापन गर्नेगरी दुई वटा न्यारोबडी जहाज भाडामा लिन लागिएको प्रवक्ता रमेश पौडेलले जानकारी दिए । 

हाल निगमसँग भएका दुईवटा वाइडबडी जहाज जापान, कोरिया, सिड्नीलगायत क्षेत्रको उडानमा प्रयोग हुने बताउँदै त्यसपछि पर्ने उडान चापका कारण दुई वटा जहाज थप्न लागिएको पौडेलको भनाई छ । थपिने दुई जहाजले नयाँ दिल्ली, दुबई, दोहा, मलेसिया लगायतका सेक्टरमा उडान भर्ने बताइएको छ ।

 

विज्ञप्तिमा भनिएको छ, ‘पर्यटनमन्त्री सुदन किरातीको विशेष निर्देशन र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको विशेष पहलमा निगमको दश वर्षे व्यवसायिक योजनाअनुरुप बजार विस्तारका लागि जहाज थप गर्न लागिएको छ । उक्त जहाजहरु जुलाई २०२४ सम्ममा निगमको उडानमा आइसक्ने अपेक्षा गरिएको छ ।’

टिप्पणीहरू