काँग्रेसमा एकपक्षीय उपसमिति,प्रेस युनियनलाई कता कता

काँग्रेसमा एकपक्षीय उपसमिति,प्रेस युनियनलाई कता कता
सुन्नुहोस्

नेपाली काँग्रेसले आसन्न महासमिति बैठकको प्रचार प्रसारका लागि उपसमिति बनाउँदा नेपाल प्रेस युनियनलाई बाइपास गरेको छ । युनियनको नेतृत्वलाई जानकारी नदिई एक पक्षीय तरिकाले प्रचार विभागले यस्तो उपसमिति बनाएको हो । 

युनियन नेतृत्वमा कोइरालापक्षीय पत्रकारको बाहुल्यता भएका कारण पार्टी संस्थापनले यसअघिका विभिन्न सन्दर्भमा पनि युनियनप्रति यस्तै व्यवहार गर्दै आएको उक्त संगठनका नेताहरू बताउँछन् ।

उपसमिति बनाउँदा युनियनको वर्तमान समितिप्रति असन्तुष्ट  युनियनका पूर्व अध्यक्ष बद्रि सिग्देल हावी भएकाले युनियनलाई बाइपास गरिएको प्रष्ट झल्किएको छ । 

प्रचार विभाग प्रमुख मिन विश्वकर्माले आफ्नै संयोजकत्वमा उपसमिति बनाउँदा युनियनको नेतृत्वलाई एक पटक सोध्नसमेत आवश्यक नठानेपछि युनियनको नेतृत्व रुष्ट भएको छ । 

युनियनका पदाधिकारीहरुले प्रचार समिति गठनको बारेमा आफूहरुलाई कुनै जानकारी नभएको बताएका छन् । युनियनको नेतृत्वलाई बाइपास गरेर समिति बनेको थाहा पाएपछि युनियनमा आबद्ध देशभरिका पत्रकारहरुले पनि आश्चर्य र आपत्ति प्रकट गरेका छन् । उनीहरुले युनियन चाहिंदैन भन्ने मानसिकता प्रचार समितिमा देखिएपछि सात जनाले मात्रै प्रचार प्रसार गरुन् भनेर निस्कृय बस्ने संकेत देखाएका छन् ।

 

उपसमितिमा सभापति शेरबहादुर देउवा पक्षीय पत्रकारहरुलाई मात्रै समावेश गरिएको छ । सदस्यमा राप्रपाबाट हालै कांग्रेस प्रवेश गरेका किरण गिरीलाई मुख्य सदस्य बनाइएको छ । त्यसैगरी युनियनका पूर्व अध्यक्ष सिग्देल, युनियनका पूर्व कोषाध्यक्ष तथा गत महाधिवेशनमा पराजित सरोज अधिकारी,रोजी पराजुली र काठमाण्डौ, ललितपुर र भक्तपुरका अध्यक्षहरुलाई सदस्य बनाइएको छ । 

तीन वर्षलाई निर्वाचित सिग्देल नेतृत्वको तत्कालिन प्रेस युनियनको कार्यमितिले नौ बर्षमा मात्रै अधिवेशन गराएको थियो । अनेक बहाना गराएर पटक पटक सारेर अधिवेशन गर्न बाध्य भएका सिग्देलकै कारण उनको पक्ष महाधिवेशनबाट बढारिएको थियो । 

निर्वाचित आधिकारिक संगठनलाई समेत स्विकार गर्न नक्नुले उनीहरुको लोकतान्त्रीक चरित्रमाथि नै प्रश्न उठेको युनियनमा आवद्ध पत्रकारहरुले टिप्पणी गरेका छन् । 

प्रचार विभाग प्रमुख बिकले युनियनको नेतृत्वलाई मात्रै नसोधेका हैनन्,आफूले मनोनयन गरेका सदस्यहरुलाई समेत एकपटक पनि नसोधी नाम राखेको पाइएको छ ।

टिप्पणीहरू