'बेहुली फ्रम मेघौली'मा स्वस्तिमाको लगानी

'बेहुली फ्रम मेघौली'मा स्वस्तिमाको लगानी
सुन्नुहोस्

बहुप्रतिक्षित नेपाली चलचित्र 'बेहुली फ्रम मेघौली' ०८१ सालको दशैँमा रिलिज हुने भएको छ । 

औपचारिक घोषणासँगै चर्चामा आएको यस चलचित्रलाई आगामी दशैँमा प्रदर्शनमा ल्याइने वितरक कम्पनी डिसिएनले जानकारी दिएको हो । आज चलचित्रको निर्माण पक्ष र डिसिएनका प्रमुख अशोक शर्माले प्रदर्शन मितिबारे लिखित सम्झौता गरेका छन् । 

छायांकन शुरु नहुँदै चर्चामा आएको यस चलचित्रको निर्माणमा हात हालेकी अभिनेत्री स्वस्तिमा खड्का पनि चर्चामा छिन् । 'बेहुली फ्रम मेघौली' मा स्वस्तिमासँगै उनका श्रीमान तथा निर्देशक निश्चल बस्नेत पनि मुख्य भूमिकामा देखिने निर्माण पक्षले जनाएको छ । 

स्वस्तिमा र निश्चलले चलचित्र निर्देशनको जिम्मा आकाश बराललाई दिएका छन् । उनी निश्चलको ब्लकबस्टर सिनेमा 'दिमाग खराब'को स्क्रिप्ट लेखक हुन् । 

'बेहुली फर्म मेघौली' को अहिले वर्कशप भइरहेको र फागुनको दोस्रो हप्तादेखि छायांकन सुरु हुने बताइएको छ । 

पहिलो पटक निर्माता हुँदा कस्तो अनुभव गर्नुभएको छ ? भन्ने पत्रकारको प्रश्नमा स्वस्तिमाले हाँस्दै भनेकी छन्, 'पहिले म अरुको फिल्ममा खेल्दा मेरो बैंक खातामा पैसा जम्मा भएको नोटिफिकेशन मात्रै आउँथ्यो, तर अहिले चाहिँ खाताबाट पैसा काटिएको मेसेज धेरै आइरहेको छ । यत्ति हो फरक, अरु केही छैन ।'

टिप्पणीहरू