भारतीय प्रहरीको गाडी,नेपाल छिर्यो बाटो नछाडी

भारतीय प्रहरीको गाडी,नेपाल छिर्यो बाटो नछाडी
सुन्नुहोस्

हिजो बुधबार साँझ नेपाल भारत सिमानामा एक रोचक दृश्य देखियो । सीमा नाकामा हुने भारतीय कडा चेकिङ छिचोल्दै उतैको नम्बर प्लेटवाला गाडी नेपालतर्फ हान्नियो मानौँ कि कुनै साउथ इण्डियन फिल्मको सुटिङ हुँदैछ ।

कस्टमले पनि रोक्न सकेन र गाडी नेपाल छिर्यो । कृष्णनगर बजारमा घुइँचो लाग्यो । गाडी अगाडि हुत्तियो कसैले भेउ पाएनन् तर एक सर्वसाधारणले जिल्ला एसपीलाई फोन लगाए कुनै दुर्घटनाको गाडी चन्द्रौटातर्फ गयो भनेर ।

"४ वटा मोटरसाइकलबाट घेरा हाली गाडी नियन्त्रणमा लिइयो जसमा लेखिएको थियो -POLICE . "

इप्रका कृष्णनगरले पिछा गर्यो । "गाडी कम्तिमा पनि सयको स्पिडमा थियो ।"-पिछा गर्ने सइ दामोदर डाङ्गी बताउँछन्  । भन्सार,सशस्त्र र ट्राफिक प्रहरीलाई उछिनेर अघि बढेको गाडी कृष्णनगर प्रहरीको पन्जाबाट भने उम्कन सकेन । ४ वटा मोटरसाइकलबाट घेरा हाली गाडी नियन्त्रणमा लिइयो जसमा लेखिएको थियो -POLICE . 

UP51AX3170  नम्बर प्लेटको गाडी फिल्मी शैलीमा नेपाल छिर्यो र फिल्मी शैलिमै प्रहरीको फन्दामा पर्यो ।

यसले इण्डियामा कतै दुर्घटना गराई भागेको हुनसक्ने प्रहरीको अनुमान छ। अगाडिको बम्परको भाग कच्याककुचुक भएको र चालकले मापसे गरेको इप्रका कृष्णनगरका इन्स्पेक्टर लक्ष्मण ओलीले बताउनुभयो । इण्डिया बस्तिका नागरिक शिवप्रसाद उपाध्यायको नामको उक्त गाडीमा पुलिस लेखिए पनि इण्डियन पुलिसको भए नभएकोबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू