विधान अधिवेशनमा प्रचण्डको जवाफ शुरु

विधान अधिवेशनमा प्रचण्डको जवाफ शुरु

नेकपा माओवादी केन्द्रको विधान अधिवेशनमा समूहगत छलफलबाट आएका सुझावबारे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिन थाल्नुभएको छ । 

मंगलबारदेखि जारी अधिवेशनमा प्रस्तुत विधान मस्यौदामाथि २० वटा समूह बनाएर छलफल गराइएको थियो । छलफलपछि हिजो र आज समूहगत रुपमा सुझाव संकलन गरिएको थियो । 

२० वटा समूहले पठाएका सुझाव र रिपोर्टिङका क्रममा उठेका प्रश्नको प्रचण्डले एकमुष्ट जवाफ दिन लाग्नुभएको हो । अध्यक्षको जवाफपछि संसोधनसहित विधान पारित हुने र अधिवेशन सकिने जनाइएको छ ।

टिप्पणीहरू