दुब्लाएको बजेटलाई १८ खर्बको अँकुश

दुब्लाएको बजेटलाई १८ खर्बको अँकुश
सुन्नुहोस्

आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्बको बजेट सिलिङ तोकिएको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आज मन्त्रालयमै पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिनुभएको हो । विभिन्न सञ्चारमाध्यमले बजेट घटाएको व्याख्या गर्दै समाचार छापेपछि स्पष्ट पार्न पत्रकार सम्मेलन गर्नुपरेको उहाँले बताउनु भयो । 

अर्थमन्त्री महतले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले १८ खर्ब बराबरको सिलिङ तोकेको जानकारी दिनुभयो । सिलिङ तोक्ने क्रममा सरोकारवाला निकायवीच निरन्तर छलफल हुने गरेको भएपनि कुनै विवाद भने नभएको उहाँ दावी छ । 

चालु आवको बजेटको अर्धवार्षिक समीक्षाले खर्चको अनुमान घटाएको भए पछि त्यसलाई बजेट घटेको भन्न नमिल्ने उहाँको तर्क छ । 

संसदबाट पारित भएको बजेट अर्थ मन्त्रालय एक्लैले संशोधन गर्न नसक्ने भएकाले खर्च र आम्दानीको लक्ष्य नपुग्ने अनुमान मात्र गरिएको उहाँले बताउनु भयो ।

 

टिप्पणीहरू