सेनाको हेलिकोप्टरमा धादिङ जानुभएका प्रधानमन्त्री फर्कनुभयो

सेनाको हेलिकोप्टरमा धादिङ जानुभएका प्रधानमन्त्री फर्कनुभयो
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धादिङको बेनिघाट पुगेर फर्कनुभएको छ । उहाँ राष्ट्रिय लोक तथा दोहोरीगति प्रतिष्ठान नेपालद्वारा आयोजित खुल्ला लोकदोहोरी प्रतियोगिताको उद्घाटनसत्रलाई सम्बोधन गरेर राजधानी फर्कनुभएको बताइएको छ।

प्रधानमन्त्री दाहाल बिहान साढे ११ बजे आठ जना सदस्यसहित नेपाली सेनाको हेलिकोप्टर ९ एन आरएएममा बालुवाटारबाट त्यता जानुभएको थियो ।

प्रधानमन्त्री नेतृत्वको टोली अपरान्ह पौने ५ बजे धादिङको बिशालटारबाट सोही हेलिकोप्टरमा बालुवाटार आइपुगेको हो ।

टिप्पणीहरू