हिन्दुराष्ट्र स्थापना महाअभियानमा अधिकांश काँग्रेसका नेता

हिन्दुराष्ट्र स्थापना महाअभियानमा अधिकांश काँग्रेसका नेता

सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानको घोषणासभा गरिएको छ । राजधानीको बानेश्वर ब्याङ्क्वेटमा महाअभियान केन्द्रीय समन्वय समितिको आयोजनामा घोषणासभा गरिएको बताइएको छ । 

संयोजक शंकर भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा दर्जन बढी नेताको उपस्थिति थियो । महाअभियानका सल्लाहकार संयोजक लक्ष्मणप्रसाद घिमिरे, सल्लाहकारहरु तारानाथ रानाभाट, देवेन्द्रराज कँडेल, विपिन कोइराला, दीपकुमार उपाध्याय, रामचन्द्र अधिकारी, दीपकप्रकाश बाँस्कोटा, शंकरप्रसाद पाण्डे, मिठाराम विश्वकर्मा, दामोदर गौतमलगायतको उपस्थिति रहेको जानकारी दिइएको छ । 

आजको कार्यक्रममा पूर्व सांसद तथा नेतृ पुष्पा भुसालको पनि सहभागिता थियो ।

टिप्पणीहरू