विपक्षीको मागमा प्रधानमन्त्रीको जवाफ- प्रतिवेदन हात लागेपछि कारबाही गरिन्छ

विपक्षीको मागमा प्रधानमन्त्रीको जवाफ- प्रतिवेदन हात लागेपछि कारबाही गरिन्छ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई युवाको ज्यान जानेगरी भएको बालकुमारी घटनाका दोषीलाई सरकारले कारबाही गर्ने बताउनुभएको छ । 

आज प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरुले भैतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालालाई निलम्बन गर्न माग गरेपछि प्रधानमन्त्रीले सो जवाफ दिनुभएको हो । उहाँले जाँचबुझ आयोगको प्रतिवेदन हेरेर आवश्यक कारबाही हुने पनि प्रस्ट पार्नुभयो । 

आयोगले हिजो उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा ज्वालालाई घटनाको मुख्य जिम्मेवार ठहर्याईएको दाबी गर्दै प्रमुख प्रतिपक्ष एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले उनको राजीनामा मागेका थिए । 

जवाफमा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘जाँचबुझ आयोग प्रतिपक्षीले त बनाएको होइन । मेरै प्रस्तावमा बनाएको हो । जसले प्रतिवेदन ल्याएको छ । प्रतिवेदन गृहमन्त्रालयमा आइसकेको छ, मेरो हात लागिसकेको छैन । हात लागेपछि अध्ययन गर्छु , प्रतिवेदन हेरेपछि दोषीलाई थप कारबाही गरिन्छ ।’

टिप्पणीहरू