मस्र्याङ्दीको किनारमा महिलाको शव

मस्र्याङ्दीको किनारमा महिलाको शव
सुन्नुहोस्

गोरखाको मस्र्याङ्दी नदी किनारमा महिलाको शव फेला परेको छ । हिजो साँझ पालुङटार नगरपालिका–७, सतिघाटमा फेला परेको शव लमजुङको राईनास नगरपालिका–८ की ५५ वर्षीय लीला सुनारको भएको प्रहरीले जनाएको छ ।

लामो समयदेखि माइतीमा बस्दै आएक उनी माघ २५ गतेदेखि बेपत्ता भएकी थिइन् । शव हिजो बेलुकी गोरखा अस्पतालको शवगृहमा राखिएको छ ।

 

टिप्पणीहरू