माधवको प्रस्तावमा बिप्लवलाई नेतृत्व

माधवको प्रस्तावमा बिप्लवलाई नेतृत्व
सुन्नुहोस्

नेत्र विक्रम चन्द विप्लव हिजोदेखि समाजवादी मोर्चाको संयोजक बनेका छन् ।  सत्ता गठाबन्धनमा रहेका बाहिरकासमेत राजनीतिक दलहरुको समाजवादी मोर्चाको बालुवाटारमा बसेको बैठकले विप्लवलाई संयोजक छानेको थियो ।

मोर्चामा आवद्ध राजनीतिक दलका नेताहरुले अलि बढी खट्नको लागि टाइम दिनुपर्ने विषय जोडदार ढंगल उठेको बताइन्छ । हालसम्म कर्मकाण्डीय पाराले चल्दै आएको मोर्चाको हिजोको बैठकमा जनता समाजवादी दलका अध्यक्ष  उपेन्द्र यादव अनुपस्थित थिए । उनी मधेश प्रदेशको प्रदेशसभा बैठकमा त्यहाँका मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरेपछि हतार हतार जनकपुर पुगेका कारण बैठकमा अनुपस्थित भएका हुन् ।

बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संयोजक चेञ्ज गरौं भनेर प्रस्ताव राखेपछि विप्लव चुनिएका थिए । विप्लव चुनिएपछि नेताहरुले आगामी दिनमा मुलुकका सबै जिल्ला र तत्लो तहमा कमिटी गठन गर्ने प्रस्तावमाथि छलफल गरेको बताइन्छ । 

त्यसैगरी मोर्चाले आगामी दिनमा मुलुकका सबैजसो प्रमुख शहरमा कार्यक्रम र भेला गर्ने निर्णय पनि गरेको छ । यसअघि कार्यक्रम आयोजना गरिएका शहर बाहेक अन्यत्र मोर्चाले आमसभाको तयारी गरेको हो ।

टिप्पणीहरू