कांग्रेस महासमिति बैठकमा चार समूह, पाँच प्रतिवेदनमा धारणा राख्न पाँच मीनेट

कांग्रेस महासमिति बैठकमा चार समूह, पाँच प्रतिवेदनमा धारणा राख्न पाँच मीनेट
सुन्नुहोस्

सत्तारुढ दल नेपाली काँग्रेसको महासमिति बैठकमा चार वटा समूह बनाएर छलफल शुरु भएको छ । 

बैठकमा पेश भएका प्रतिवेदनमाथि छलफल गर्न २ हजार २ सय बढी प्रतिनिधिलाई चार समूहमा विभाजन गरिएको हो । समूहगत छलफलमा आज सबै सहभागीहरुले धारणा राख्ने व्यवस्था मिलाइएको बताइएको छ । त्यसका लागि प्रत्येक प्रतिनिधिलाई ५ मिनेटको समय तोकिएको छ । 

ललितपुरको गोदावरीमा सोमबारदेखि शुरु भएको बैठकमा हिजो छलफलका लागि प्रतिवेदन पेश गरिएको थियो । उपसभापति पूर्णबहादुर खड्काले नीतिगत प्रतिवेदन, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले क्रमशः सांगठनिक र समसामयिक राजनीतिक प्रतिवेदन पेश गरेका थिए । 

प्रवक्ता डा. प्रकाशशरण महतले देशको वर्तमान आर्थिक, अवस्था, सम्भावना र भावी योजना तथा लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुतु गरेका छन् । 

महासमिति बैठक फागुन १० गते बिहीबारसम्म सञ्चालन हुनेछ ।

टिप्पणीहरू