एमाले बैठकमा निश्कर्ष सुनाईंदै, माओवादीको जिम्मेवारी हेरफेर

एमाले बैठकमा निश्कर्ष सुनाईंदै, माओवादीको जिम्मेवारी हेरफेर
सुन्नुहोस्

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि जारी छ । अस्तिदेखि पार्टी मुख्यालय च्यालसमा आयोजित बैठकमा आज सदस्यहरूले उठाएका प्रश्नको जवाफ अध्यक्ष केपी शर्मा ओलीले दिने कार्यक्रम छ । 

बैठकमा हिजो समूहगत छलफल भएको थियो । आज बैठकको प्रारम्भमा उक्त छलफलको विवरण सुनाईंदै छ । त्यसपछि अध्यक्षले जवाफ दिने बताइएको छ ।

आजै  माओवादी केन्द्रका स्थायी कमिटी बैठक बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा डाकिएको छ ।

आजको बैठकमा पदाधिकारीको जिम्मेवारी हेरफेर र प्रदेश इञ्चार्ज तोकिने जानकारी दिइएको छ । त्यसैगरी परिमार्जित विधान अनुमोदन गर्ने, आगामी अभियानको विस्तृत कार्यक्रम तय गर्ने, त्यसका लागि कमान्डर तोक्ने एजेण्डा राखिएको छ ।

टिप्पणीहरू