प्रधानमन्त्री निवासमा विप्लव र वर्षमानको भेट

प्रधानमन्त्री निवासमा विप्लव र वर्षमानको भेट

नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’बीच भेट भएको छ ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताले भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न गएका बेला विप्लव र पुनले छुट्टै भेटवार्ता गरेको जनाइएको छ ।

समाजवादी मोर्चाको अध्यक्ष चयन भएपछि पहिलोचोटी बालुवाटार पुगेका विप्लवले आफूहरु विरुद्ध चलेका मुद्दा फिर्ता लिने सम्बन्धमा प्रधानमन्त्री र वर्षमानसँग छलफल गरेको जानकारी प्राप्त भएको छ । त्यस्तै, भेटमा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको अवस्था र समाजवादी मोर्चाको आगामी बाटोका विषयमा पनि कुराकानी भएको बुझिएको छ ।
 

टिप्पणीहरू