मोटरसाइकलले थिचेकोे अवस्थामा चालकको शव फेला

मोटरसाइकलले थिचेकोे अवस्थामा चालकको शव फेला

चितवनको खैरहनीमा मोटरसाइकलले च्यापिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । आज बिहान सडकको बीचमा पल्टिएको मोटरसाइकलले गोडा च्यापेको अवस्थामा शव भेटिएको हो । 

खैरहनी नगरपालिका–१०, सुर्तनाबाट कठारतर्फ जाँदै गरेको मोटरसाइकलका चालक मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बिहान उक्त सडकखण्डमा ना ४५ प ७७९८ नम्बरको पल्टिएको मोटरसाइकल मृतक चालकको गोडा थिचेको अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय, खैरहनीले जनाएको छ । 

प्रहरीका अनुसार उनी सोही वडा बस्ने ३४ वर्षीय दिलिप चौधरी भएको खुलेको छ । घटना शंकास्पद देखिएको जनाएको प्रहरीले थोप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
 

टिप्पणीहरू