सडक निर्माण सम्पन्न गराउन जिसस प्रमुख अनशनमा

सडक निर्माण सम्पन्न गराउन जिसस प्रमुख अनशनमा
सुन्नुहोस्

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतम आमरण अनशन बसेका छन् । धुलिखेल-खावा सडक निर्माण सम्पन्न गर्न माग गर्दै उनी अनशन बसेका हुन् ।

अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक खण्ड विस्तारको काम सुस्त गतिमा छ । चार किलोमिटर उक्त सडकखण्ड विस्तार कार्य सम्झौताको करिब दुई महिना बाँकी रहँदा सरकारले निर्माण कम्पनीसँगको ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ । 

सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण कम्पनी गौरी पार्वती निर्माण सेवा प्रालिबीच २२ महिनामा यस सडक खण्ड विस्तार एवं स्तरोन्नतिको काम सक्ने गरी २०७९ जेठ २० गते सम्झौता भएको थियो।

कार्यालयले हालै सूचना जारी गर्दै कम्पनीले सम्झौताअनुसार काम नगरेर अलपत्र पारेपछि ठेक्का तोड्न लागिएको जनाएको छ । सूचनामा ठेक्का नतोड्नुपर्ने कुनै पनि कारण भए सात दिनभित्र स्पष्टीकरण पेस गर्न पनि निर्माण कम्पनीलाई समय दिइएको छ।

टिप्पणीहरू