प्रधानमन्त्री डेढ दर्जनको टोलीसँगै धनुषा प्रस्थान
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनुषा जानुभएको छ । उहाँ विभिन्न कार्यक्रममा सरिक हुन ११ बजे नेपाली सेनाको हेलिकोप्टर एनए ०५७ मा १७ जनाको टोलीसहित काठमाडौंबाट त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
प्रधानमन्त्री धनुषा, सिरहा र सर्लाहीका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । उहाँले मध्यान्ह हुलाकी सडकको निरीक्षणपछि १ बजे कमला नगरपालिकामा बनाइएको झोलुङ्गे पुलको उद्घाटन गर्नुहुने छ ।
त्यसपछि धनुषा र सिरहा जिल्ला जोड्ने कमला नदी माथिको पक्की पुल शिलान्यास कार्यक्रम छ । दिउँसो २ बजे खेलकुद मैदान उद्घाटन र सर्लाहीको बागमती नगरपालिकामा बनाइएको उद्घाटन गर्नुहुने छ ।
प्रधानमन्त्री सेनाको हेलिकोप्टरमा दिउँसो साढे ३ बजे राजधानी फर्कनुहुने छ ।
टिप्पणीहरू