परराष्ट्रमन्त्री नयाँ दिल्लीबाट अयोध्यातर्फ

परराष्ट्रमन्त्री नयाँ दिल्लीबाट अयोध्यातर्फ

परराष्ट्रमन्त्री नारायणप्रकाश साउद भारतको राजधानीबाट अयोध्या जानुभएको छ । उहाँ बहुपक्षीय मञ्च ‘रायसिना संवाद’ को नवौँ सम्मेलनमा भाग लिन  बुधबार नयाँ दिल्ली जानुभएको थियो । 

त्यहाँ रहँदा सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालेसँग अस्ति र विदेशमन्त्री एस. जयशंकरसँग हिजो बेलुकी छलफल गर्नुभएको छ । 

आज अयोध्या भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नु गर्नुभएको बताइएको छ । नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय अर्थमन्त्री निर्मला सीतरमणसँग भेटवार्ता गर्नुभएको हो ।

टिप्पणीहरू