माओवादीबाट बिद्रोह गरेर समाजवादी
स्वतन्त्र गणतान्त्रिक समाजवादी मोर्चा नामक पार्टी नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ ।
चार बुँदे सहमतिसहित माओवादी छाडेका प्रदेश कमिटी सदस्य बासु दुलालको नेतृत्वमा बनेको मोर्चा हिजो बिर्तामोडको एक कार्यक्रमका वीच नेकपा (एस) मा समाहित भएको हो ।
नेपा एसमा समाहित हुनेमा संयोजक दुलाल, सदस्य गोपी अधिकारी, नन्दिकेशर पोखरेल, प्रकाश भारती,सुदिप खवास,डा.मुरलीप्रसाद साह,इन्दु खवास कट्टेललगायत रहेका छन् ।
नेकपा (एस) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मोर्चाका संयोजक दुलालसहित ७५ जना नेता,कार्यकर्तालाई पार्टीमा स्वागत गरेका थिए । कार्यक्रममा नेकपा एमाले,मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी,राप्रपा र अन्य दलबाट ४० जना गरी १ सय १० जना पार्टी प्रवेश गरेको नेकपा एस झापा अध्यक्ष बेदराज रेग्मीले जानकारी दिए ।
Write to Editor & Uttam
टिप्पणीहरू