अबैध सम्बन्ध र एमालेको अनुशासन

अबैध सम्बन्ध र एमालेको अनुशासन
सुन्नुहोस्

संसारको कुनै पनि तागतले ढाल्न नसकेका इस्पातरुपी मान्छेहरूलाई लडाउने एउटा गज्जबको शक्ति हुँदो रहेछ, चरित्रको ! कुनै बेला सेना, पुलिसभन्दा मान्छेले वास्ता नगर्ने, वाइसिएल भन्दा नामैले लगलग काम्ने समयमा त्यो जत्थालाई युथफोर्स बनाएर ‘ठेगान’ लगाउने उनै महेश बस्नेत अहिले तनावमा छन्, एउटी विवाहित महिलासँगको साढे ३ वर्षदेखि विशेष सम्बन्धका कारण । 

दुर्गा प्रसाईंको ऋण मोचन नामक अभियानसम्ममा चुनौतीको औंला ठड्याएका र एमाले अध्यक्ष केपी ओलीको प्रियपात्रका रुपमा चिनिएका उनी अहिले एक जना महिलाका कारण झेलिरहेको तनाव र परिवारमाथिको धोकाधडीले घाइते छन् । उनी र शोभा नामले चिनिने धादिङकी जानुका पाठकबीचको अन्तरंग सम्बन्ध यतिबेला चर्चामा छ । यस्तै मामिला आउँदा ऐन महरलाई जिम्मेवारीबाट हटाइएको छ ।

महेशको मामिलामा एमाले बैठकले के गर्छ हेर्न बाँकी छ । यस मामिलामा महेश आफैं पनि चुक्दै गएको प्राप्त विवरणहरूले बताउँछ । फुटबलको कतार वल्र्डकप, श्रीलंकाको क्रिकेट म्याचमा जाँदादेखि दिल्लीमा उपचार गर्दासम्म महेशकै साथमा थिइन्, शोभा । अस्पतालमा पत्नीको दर्जा दिएर कागजातमा सहीछाप गरेको र ह्वाट्सयापमा ‘ए बूढी...’ सहितका अनेकन संबोधन गरिएको प्रमाणकै कारण अहिले शीर ठाडो पारेर बोल्न सक्ने अवस्थामा छैनन् ।

उता, शोभा, अर्थात् जानुकाले ०८० सालको वैशाख १४ गते आफूभन्दा निकै कान्छा कालिकोट निवासी २६ वर्षीय कपिलबहादुर शाहीसँग चौथो बिहे गरेको र पुस २९ गते डिभोर्स गरेको प्रमाण फेला परेको छ । २०७० सालको सेनाका घुमुवा शिवराम भण्डारीसँगको विवाह दर्ता पनि छ । एमाले केन्द्रीय सदस्य खेम लोहनीको गाउँमा उनका वास्तविक पति थिए, छत्कुली थरका । उनलाई छोरासहित छोडेर हिँड्दा कहिले सेना, प्रहरी, कहिले राजनीतिक व्यक्ति, त कहिले व्यापारिक क्षेत्रका मानिससँग उठबस चलिरह्यो ।

उता, अग्नि साक्षी राखेर सात फन्को घुम्दै दाम्पत्य कायम गरिएका पति छत्कुलीको सवारी दुर्घटनामा निधन भयो । टुहुरो छोराले आजसम्म आमा भेट्न पाएको छैन । बीचमा उनी रक्त क्यान्सरको शिकार भइन् । त्यसबेला एउटा टिभीका मालिकले खर्च हालिदिएको धादिङ एमाले वृत्तलाई जानकारी छ । ‘स्त्री शक्ति’ त्यसै भनिएको हैन, एमालेका वृद्ध नेतासमेत उनको जन्मदिन मनाउन हात–हातमा केक बोकेर स्वयम्भू र बानेश्वर पुग्थे । देशका नेता त पुग्थे नै, भाजपाका नेता विजय जोली काठमाडौं आएर द्वारिकाज होटलमा बस्दासमेत भेट्ने सूचीमा उनको नाम परेकै हुन्थ्यो ।
 

टिप्पणीहरू