मोटरसाइकल दुर्घटनामा इञ्जिनियरको निधन

मोटरसाइकल दुर्घटनामा इञ्जिनियरको निधन
सुन्नुहोस्

सुर्खेतमा भएको मोटरसाइकल दुर्घटनामा इञ्जिनियरको ज्यान गएको छ । 

पूर्वी सुर्खेतको सिम्तामा भएको दुर्घटनामा वीरेन्द्रनगर नगरपालिका–३ का २९ वर्षीय इञ्जिनियर विजय रानाको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार जाजरकोटतर्फ जाँदै गरेको बा.९५ प ५२९६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको भे.१ त ४५ नम्बरको ट्याक्टर ठोक्किँदा रानाको निधन भएको हो ।

मोटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका–१ का २३ वर्षीय रुपेश गिरीको अवस्था चिन्ताजनक छ । गिरीको उपचार सुर्खेतस्थित प्रदेश अस्पतालमा भइरहेको छ । 

ट्याक्टर र चालक बर्दिया बासगढी–३, का २३ वर्षीय राजेश थारुलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू