संसद बैठक अवरुद्ध, १५ मीनेटका लागि स्थगित

संसद बैठक अवरुद्ध, १५ मीनेटका लागि स्थगित
सुन्नुहोस्

प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिप्रक्षी दल नेकपा (एमाले) का सांसदहरुले नाराबाजी गरेपछि अवरुद्ध भएको छ । एमाले सांसदहरुले सरकारले मीटरब्याज पीडित तथा दूग्ध किसानका समस्या समाधानमा गम्भीर नभएको आरोप लगाउँदै नाराबाजी गरेका हुन् । 

बैठक अवरुद्ध भएपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बेैठक स्थगितको घोषणा गर्नुभएको छ ।

एमाले सांसदहरु आफ्नो स्थानबाट उभिएर विरोध जनाएपछि सभामुखले सांसद गोकुलप्रसाद बाँस्कोटालाई बोल्न समय दिनुभएको थियो । सांसद बाँस्कोटाले सरकारले प्रभावकारी काम गर्न नसकेको र विवादित मन्त्रीले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने बताएका छन् । 

बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्रप्रसाद लिङ्देनले पनि बाँस्कोटाले झैँ सरकार समस्या समाधानमा गम्भीर नभएको आरोप लगाएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले सम्बन्धित मन्त्रीले संसद बैठकमा उपस्थित भएर जवाफ नदिएकोमा आपत्ति जनाएका हुन् ।
 

टिप्पणीहरू