संसद बैठकमा प्रि–बजेट प्रस्ताव
प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८१÷०८२ को प्रि–बजेट छलफलका लागि प्रस्ताव पेश गर्नुभएको छ । प्रस्ताव विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा कर बाहेकका विषय राखिएको बताइन्छ ।
उक्त प्रस्तावमाथि फागुन २१, २२, २३, ३० र चैत १, २ र ४ गते छलफल गर्न समय तोकिएको छ । सकारले बजेटको प्राथमिकता र सिद्धान्त फागुनभित्रै संसद्मा पेस गर्नुपर्ने र सरकारको प्रस्तावमा संसद्ले छलफल गरी चैत १५ भित्र सरकारलाई सुझाव दिनुपर्ने नयाँ व्यवस्थाअनुसार उक्त प्रस्ताव प्रस्तुत गरिएको हो ।
यसअघि आजै विपक्षी एमालेलगायत दलका सांसदहरुले केही मन्त्रीहरुको राजीनामा माग गर्दै संसद् बैठक अवरोध गरेका थिए । सभामुखले १५ मीनेटका लागि स्थगित गरेपछि सुचारु भएको बैठकमा उक्त प्रस्ताव प्रस्तुत गरिएको हो ।
टिप्पणीहरू