रास्वपा सांसदद्वारा गीत गाएर बालेनको विरोध
राष्ट्रिय स्वतन्त्र पार्टीले फुटपाथ व्यवसायीमाथि भएको ज्यादतीको चर्को विरोध गरेको छ ।
आज प्रतिनिधिसभा बैठकमा सो पार्टीका सासंद हरी ढकालले गीतमार्फत काठमाडौँ महानगरको कदमप्रति आपत्ति जनाएका हुन् । अस्ति साँझ सुन्धारमा भएको घटनाको सत्यतथ्य छानविन गर्न उनले मागसमेत गरे ।
महानगर प्रमुख बालेन्द्र (बालेन)साहकै गीतको सहारा लिएर सांसद ढकालले भने, ‘प्रकाश सपुतको गीत यो देश मेरो पनि हैन र भन्ने गीत सम्झन चाहन्छु । स्थानीय निकायको चुनावताका गरिबको चमेली बोलिदिने कोही छैन भन्ने गीत गुञ्जायमान भएको पनि सम्झन चाहन्छु, अस्ति राति काठमाडौँ महानगरपालिकाले फूटपाथ व्यवसायीमाथि गरेको ज्यादतीको निन्दा गर्न चाहन्छौँ । सरकारलाई उक्त घटनाको छानबिन गर्न ध्यानाकर्षण गराउन चाहन्छौँ ।’
उनले भरतपुर भ्रमण वर्षका कार्यक्रमलाई लिएर पनि विरोध जनाए । चितवन भनेको भरतपुर मात्र हो भन्ने जसरी प्रसारगरी भ्रमण वर्षका कार्यक्रम ल्याइएको सांसद ढकालको आरोप छ ।
टिप्पणीहरू