गठबन्धन टुट्दैन, सिटौला पनि छुट्दैनन् : देउवा

गठबन्धन टुट्दैन, सिटौला पनि छुट्दैनन् : देउवा
सुन्नुहोस्

नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादीलगायतका दलसँगको गठबन्धन नतोडिने बताउनुभएको छ । काठमाडौंबाट भरतपुर पुगेपछि पत्रकारहरुसँग कुराकानी गर्दै भन्नुभयो, ‘ढुक्क हुनुस्,गठबन्धन टुट्दैन ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो भरतपुर पुगेपछि गर्नुभएको राष्ट्रिय सभाको आगामी अध्यक्षको निर्वाचनलगायत टिप्पणीतर्फ औंल्याउँदे सभापति देउवाले एउटा पार्टीले अर्कोको आलोचना गर्न पाउने उल्लेख गर्नुभयो । पूर्वप्रधानमन्त्रीको भनाई छ, ‘उहाँहरुको र हाम्रो पार्टी नै फरक हो । फरक पार्टीमा आलोचना गर्न पाइन्छ ।’ प्रधानमन्त्रीले काँग्रेसको हालै सम्पन्न महासमिति बैठकबाट माओवादीसँग चुनावी एकता नगर्ने अनावश्यक निर्णय गरिएको बताउनुभएको थियो ।

अर्को प्रसंगमा देउवाले राष्ट्रिय सभाको अध्यक्ष पदमा काँग्रेस नेता कृष्णप्रसाद सिटौलालाई निर्वाचित गराउने विषयमा गठबन्धन दलहरुबीचमा कुनै विवाद नरहेको दावी गर्नुभएको छ । उहाँको भनाई छ, ‘सिटौलाजीलाई राष्ट्रियसभा अध्यक्षमा लैजानेबारे सल्लाह भइरहेको छ । गठबन्धन दलहरुले सहमतिमै उहाँलाई अगाडि सार्ने हो । एक पटक त सहमति भइसकेको छ,अब फेरि हुन्छ ।’
 

टिप्पणीहरू