भरतपुर जानुभएका एमाले अध्यक्ष भट्टेडाँडा हुँदै राजधानीमा

भरतपुर जानुभएका एमाले अध्यक्ष भट्टेडाँडा हुँदै राजधानीमा

ललितपुरको कोन्ज्योसोम गाउँपालिका–२, शंखुस्थित श्री मगर गाउँ माध्यमिक विद्यालको ५० औँ स्वर्ण महोत्सवको उद्घाटन समारोहमा सहभागी भएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली काठमाडौँ फर्किनुभएको छ । 

सिम्रिक एयरको हेलिकोप्टरमा उहाँ भर्खरै काठमाडौँ आइपुग्नुभएको बताइएको छ । अध्यक्ष ओली ‘भरतपुर भ्रमण वर्ष’ को उद्घाटन समारोहमा सहभागी हुन मध्यान्ह त्यता जानुभएको थियो । 

उहाँसहित पाँच जनाको टोली त्यतैबाट हेलिकोप्टरमा शंखु पुगेर यता आइपुगेको हो ।

टिप्पणीहरू