राष्ट्रिय सभाका अध्यक्षसहित २० सांसद खाली,१९ जनाको शपथ भोलि
राष्ट्रिय सभाका अध्यक्षसहित २० जना सांसदको पदावधि आजदेखि सकिँदैछ । उहाँहरुको छ वर्षे कार्यकाल थियो ।
अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित एमालेका आठ,नेपाली काँग्रेसका चार,नेकपा माओवादी केन्द्रका तीन, नेकपा एकीकृत समाजवादीका दुई, जसपाका एक र स्वतन्त्र सांसद एक,राष्ट्रपतिबाट मनोनित एक गरी २० जना आजसम्म सांसदको हैसियतमा रहने छन् ।
रिक्त १९ स्थानमा पूर्तिका लागि माघ ११ गते राष्ट्रिय सभा निर्वाचन भइसकेको छ । ती सांसदहरुको भोलि शपथ कार्यक्रम राखिएको छ । आज अपरान्ह ४ बजे
संसद भवनमा बिदाइ कार्यक्रम राखिएको छ ।
राष्ट्रिय सभाको निर्वाचनपछि माओवादी ठूलो दल बनेको छ । त्यसपछि नेपाली काँग्रेस, एमाले तेस्रो र नेकपा एकीकृत समाजवादी राष्ट्रिय सभामा चौथो ठूलो दल बनेको छ । एक जना राष्ट्रपतिबाट मनोनीत हुन बाँकी छ ।
टिप्पणीहरू