मेयर बालेनकै कार्यालयमा बासी खाना, ५० हजार जरिवाना

मेयर बालेनकै कार्यालयमा बासी खाना, ५० हजार जरिवाना

काठमाडौँ महानगरपालिकाको क्यान्टिनमा बासी खाना पाइएको छ । महानगरपालिका कार्यालयमा खोलिएको नारायणी चमेनागृहले बासी पकौडा र खाना खुवाउने गरेको पाइएपछि ५० हजार रुपैयाँ जरिवाना तिराइएको बताइन्छ । 

कृषि तथा पशुपन्छी विभागले गरेको अनुगमनमा महानगरभित्रै सञ्चालित चमेनागृहमा दूषित खानेकुरा बिक्री गर्ने गरिएको पाइएको हो । निरीक्षण अधिकृत तथा प्रमुख डा. अवधेश झाका अनुसार त्यहाँको खाना स्वच्छ नभएको गुनासो बढेपछि अनुगमन गरिएको हो ।

विभागले ५० हजार रुपैयाँ जरिवानासँगै क्यान्टिन सञ्चालकलाई विभिन्न निर्देशनात्मक चेतावनी दिएको बताइएको छ ।

टिप्पणीहरू