आज रातभरमा अरु के-के पाक्ने हो ?

आज रातभरमा अरु के-के पाक्ने हो ?

काङ्ग्रेस-माओवादीवीच खटपट र अविश्वास बढिरहेकै बेला आज बेलुका ७ बजेदेखि बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल र पोहोर पुस १० गते केही दिनका निम्ति बनेर टुटेको गठबन्धनका प्रमुख पात्रहरुवीच ३ घण्टासम्म सघन वार्ता भएको छ । 

जसमा रास्वपाका रवि लामिछाने,एमाले अध्यक्ष केपी ओली,महासचिव शंकर पोख्रेल,माओवादी उपमहासचिव बर्षमान पुन,उपाध्यक्ष नारनकाजी  श्रेष्ठ र जसपा अध्यक्ष उपेन्द्र यादवले ३ भाग लिएका थिए । बालुवाटारको सचिवालयतिर नभई निवासतिर उक्त भेटघाट सकेर रवि र उपेन्द्र निस्केको ७ मीनेटपछिसम्म पनि एमाले टोली भने भित्रै थियो ।

"यसअघि आजै दिउँसो डेढ बजे बालुवाटारमै भारतीय राजदूत नवीन श्रीवास्तव र प्रधानमन्त्रीवीच भेट्वार्ता भएको थियो ।"
 

यसअघि आजै दिउँसो डेढ बजे बालुवाटारमै भारतीय राजदूत नवीन श्रीवास्तव र प्रधानमन्त्रीवीच भेट्वार्ता भएको थियो । विकसित घटनाक्रमअनुसार रास्टृय सभा अध्यक्षमा काङ्ग्रेसले दावी नछाडेमा जुनसुकै अवस्था आउनसक्ने आकलन गरिएको छ ।

टिप्पणीहरू