प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभाको आज निर्धारित बैठक स्थगित भएको छ । पछिल्लो राजनीतिक घटनाक्रमका कारण प्रतिनिधिसभाको आजका लागि पूर्वनिर्धारित बैठक स्थगित गरिएको बताइएको छ ।
संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको पूर्वनिर्धारित बिहान ११ बजेको बैठक आगामी बिहीबारसम्मका लागि स्थगित गरिएको छ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यसूचीसमेत थियो ।
टिप्पणीहरू