म बाँचुञ्जेल मुलुकमा उथलपुथल भइरहन्छ : प्रधानमन्त्री

सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू बाँचुञ्जेल मुलुकको राजनीतिमा उथलपुथल भइरहने बताउनुभएको छ । 

राजधानीमा आयोजित ‘शान्ति प्रकिया, संघीयता, लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति’ विषयक अन्तक्रियामा बोल्दै उहाँले माओवादी गडगडाउने नदी भएको जिकिर गर्नुभयो । 

नयाँ गठबन्धन बनेपछि पहिलोपटक सार्वजनिक रुपमा अभिव्यक्ति दिँदै माओवादी निरन्तरतामा रमाएर बस्न नसक्ने उल्लेख गर्नुभयो । भन्नुभयो, ‘माओवादी जमेको पोखरी जसरी बस्ने होइन, गडगडाउने नदी जस्तो हो । म नमर्दासम्म देशमा उथलपुथल भइराख्छ ।’

आफू र आफ्नो पार्टीलाई घेरा हालेर सिध्याउने कोशिस भएको रहस्य पनि खोल्नुभएको छ । सोही कारण काँग्रेससँगको गठबन्धन तोड्नुपरेको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।

टिप्पणीहरू