प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता फाइल फाेटाे
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभएको छ । 

अस्वस्थ भएर घरमै आराम गरिरहनुभएका अध्यक्ष नेपाललाई भेट्न प्रधानमन्त्री साँझ गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई लिएर कोटेश्वर पुग्नुभएको थियो । भेटमा प्रधानमन्त्रीले नयाँ समीकरणबारे जानकारी गराउँदै सरकारमा सहभागी हुन प्रस्ताव गरेको बताइएको छ ।   

प्रचण्डको प्रस्तावमा अध्यक्ष नेपालले पार्टीभित्र छलफल गरेर निर्णय गर्ने जवाफ दिनुभएको बुझिएको छ ।

टिप्पणीहरू