कोटेश्वरको भेटले कांग्रेस उत्साहित, लेखकले भने- निरन्तरता दिन्छौँ !

कोटेश्वरको भेटले कांग्रेस उत्साहित, लेखकले भने- निरन्तरता दिन्छौँ !

हिजोदेखि प्रमुख प्रतिपक्ष बनेको नेपाली काँग्रसका नेता रमेश लेखकले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको छलफल सकारात्मक भएको बताएका छन् । 

प्रधानमन्त्रीले गठबन्धन फेरेपछि उत्पन्न नयाँ राजनीतिक परिस्थितिमा आज काँग्रेस सभापति शेरबहादुर देउवा र अध्यक्ष नेपालबीच भेटवार्ता भएको थियो । माधव निवास कोटेश्वरमा भएको भेटलाई लेखकले सकारात्मक भनेका हुन् । 

‘अहिलेको तत्काल परिवर्तित विकसित राजनीतिक घटनाक्रमका बारेमा  छलफल भएको हो । छलफल सकारात्मक भएको छ', उनले भने । 

नयाँ परिस्थितिका विषयमा कांग्रेसले आफ्ना धारणा राखेको जनाउँदै लेखकले छलफललाई निरन्तरता दिने पनि बताए । अहिले सबै राजनीतिक दलसँग छलफल भइरहेको पनि उनले जानकारी दिएका छन् । 

'हामीले हाम्रो आधिकारित धारणा राखिसकेको छ । काँग्रेसको धारणा अहिलेलाई त्यही हो । पूर्वप्रधानमन्त्री माधव नेपालसँग अहिलेको विकसित राजनीतिक घटनाक्रमको बारेमा छलफल भएको हो । यसलाई निरन्तर दिन्छौँ', उनले भने, 'नयाँ राजनीतिक विकासका काममा छलफल हुन्छ । सबै राजनीतिक दलसँग छलफल भइरहेको छ ।'

टिप्पणीहरू