कर्णालीको अधिवेशन फागुन मसान्तमा

कर्णालीको अधिवेशन फागुन मसान्तमा
सुन्नुहोस्

कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन आउँदो बुधबारदेखि हुने भएको छ । प्रदेश प्रमुख तिलक परियारले फागुन ३० गते बुधवार दिउँसो ३ बजेका लागि अधिवेशन आह्वान गरेका छन् । 

संविधानको धारा १८३ को उपधारा (१) तथा प्रदेश सरकार (कार्यसम्पादन) नियमावली, २०७४ को नियम २४ बमोजिम अधिवेशन बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ । 

विज्ञप्तिमा, ‘प्रदेश मन्त्रिपरिषद्को मिति २०८०/११/१८ को बैठकको निर्णयानुसार कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशन आह्वान गर्न प्रदेशका माननीय प्रदेश प्रमुख तिलक परियारज्यूसमक्ष सिफारिस भई आएकोले नेपालको संविधानको धारा १८३ को उपधारा (१) तथा प्रदेश सरकार (कार्यसम्पादन) नियमावली, २०७४ को नियम २४ बमोजिम मिति २०८०/११/३० गते बुधवार दिनको ३ बजेदेखि प्रदेश सभा भवन, वीरेन्द्रनगर, सुर्खेतको सभा हलमा बस्ने गरी आह्वान गर्नुभएको,’ उल्लेख छ ।

टिप्पणीहरू