माओवादीका दुई मन्त्री बर्खास्त

माओवादीका दुई मन्त्री बर्खास्त
सुन्नुहोस्

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्त गरेका छन् । 

कांग्रेसबाट मुख्यमन्त्री बनेका चौधरीले अर्थमन्त्री धनबहादुर मास्की र सहरी विकासमन्त्री कृष्णा केसीलाई हटाएका हुन् ।

यता, माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएको छ । आज बिहान बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको नेता जोखबहादुर महराले बताए । 

माओवादीले समर्थन झिक्न लागेको थाहा पाएपछि मुख्यमन्त्री चौधरीले हतार-हतार मन्त्री बर्खास्त गरेको बताइएको छ ।

टिप्पणीहरू