"पाँच बुँदा राख्दै एकीकृत समाजवादी २ मन्त्रीसहित सरकारमा"

"पाँच बुँदा राख्दै एकीकृत समाजवादी २ मन्त्रीसहित सरकारमा"
सुन्नुहोस्

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारमा नेकपा एकीकृत समाजवादीका तर्फबाट दुई जना मन्त्री सहभागी हुने निश्चित भएको छ ।

भानुभक्त जोशीलाई संघीय मामिला तथा सामान्य प्रशासन र धनबहादुर बूढालाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो । आजै मन्त्रीमण्डलमा नेकपा एमालेका आठ जना, नेकपा माओवादी केन्द्रका पाँच जना र राष्ट्रिय स्वतन्त्र पार्टीका चार जना सहभागी भएका छन् ।

आजै अपरान्ह सचिवालय बैठकबाट पारित पाँच बुदामा प्रधानमन्त्रीबाट सकारात्मक जवाफ पाएपछि एकीकृत समाजवादी सरकारमा सामेल हुन तयार भएको बुझिएको छ ।

टिप्पणीहरू