देउवालाई गाली गर्ने पवनराज पदमुक्त
नेपाली कांग्रेसले जिल्ला कार्यसमिति सल्यानका सदस्य पवनराज केसीलाई पार्टीबाट निश्कासन गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काको राजनैतिक र व्यक्तिगत जीवनमा आँच पुग्ने गरी अभिव्यक्ति दिएको,फोटो र भिडियो पोस्ट गरेको भन्दै उनलाई जिल्ला कार्यसमिति सदस्य पदबाट पदमुक्त गरिएको हो । केसीले आफ्नो पदीय आचरण,मर्यादा र अनुशासन पालना गर्नुपर्नेमा सो विपरीत सामाजिक सञ्जालमार्फत पार्टीको मर्यादासमेत उल्लंघन गरेको बताइएको छ ।
कांग्रेसको जिल्ला कार्यसमिति सल्यानका सभापति केशबहादुर विष्टद्वारा लेखिएको पत्रमा भनिएको छ, ‘नेपाली कांग्रेस विधानको धारा १२ (५) को उपधारा (ख) २ बमोजिम तपाईंलाई जिल्ला कार्यसमिति सदस्यमा मनोनित गरिएकोमा आफ्नो पदीय आचरण, मर्यादा र अनुशासन पालना गर्नुपर्नेमा सो विपरीत विभिन्न मितिमा सामाजिक सञ्जालमा आफ्नो फेसबुक वालबाट केन्द्रीय सभापति शेरबहादुर देउवा र उपभासभापति पूर्णबहादुर खड्काको राजनैतिक र व्यक्तिगत जीवनमा आँच पुग्ने गरी र पार्टीको मर्यादासमेत उल्लंघन गरी अभिव्यक्ति र फोटो,भिडियो पोस्ट गर्ने कार्य गर्नुभएकोले तपाईंलाई जिल्ला कार्यसमिति सदस्य पदबाट पदमुक्त गरिएको छ ।’
टिप्पणीहरू