प्रचण्ड–ओली मिल्दा बादल दंग
नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले एमाले–माओवादी गठबन्धनले मुलुकलाई सही दिशामा लैजाने दावी गरेका छन् ।
वामपन्थी शक्तिहरु एक ठाउँमा उभिएकाले अब राजनीतिक स्थायित्व कायम हुँदै मुलुकले निकास पाउने उनले बताए । प्रेस चौतारी गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वमाओवादी नेतासमेत रहेका बादलले निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतको असक्षमताका कारण प्रधानमन्त्री प्रचण्डले नयाँ गठबन्धन बनाएको पनि उल्लेख गरे ।
काँग्रेसलाई पुँजीपति वर्गको हितमा काम गर्ने पार्टीको रुपमा चित्रण गर्दै नेता बादलले गत वर्ष भत्किएको श्रमजीवीको गठबन्धन पुनः जागेकोमा खुशी व्यक्त गरे । यसलाई एमालेको राजनीतिक सफलताका रुपमा लिनुपर्ने उनको धारणा छ ।
टिप्पणीहरू