अमेरिका उड्नुअघि महिलामन्त्रीको यस्तो घोषणा
नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिला अधिकारको क्षेत्रमा काम गर्न छुट्टै संस्था बनाउने घोषणा गर्नुभएको छ ।
११४ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । प्रचण्ड नेतृत्वको यसअघिको सरकारले मन्त्रालयअन्तर्गत रहेको महिला तथा बालबालिका विभाग खारेज गर्ने निर्णय गरेको थियो । मन्त्री चौधरीले भने उक्त निर्णयप्रति असहमति व्यक्त गर्नुभयो ।
महिला हिंसाको घटना बढिरहेको बेला विभाग खारेज गरेकोमा असन्तुष्टि व्यक्त गर्दै उहाँले महिला अधिकारसम्बन्धि हेर्ने छुट्टै संस्थाको व्यवस्था हुनेगरी आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गर्ने प्रतिवद्धता जनाउनुभेको छ । मन्त्री चौधरीले राजनीतिक क्षेत्रमा महिलाहरुको सहभागिता ३३ बाट बढाएर ५१ प्रतिशत पुर्याउने लक्ष्य मन्त्रालयले पनि लिएको पनि जानकारी गराउनुभयो ।
मन्त्री चौधरी ११ देखि २२ मार्चसम्म अमेरिकामा आयोजना हुने यूएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन' सम्मेलनमा भाग लिन ६८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोलि न्यूयोर्क उड्ने कार्यक्रम छ ।
टिप्पणीहरू