एमाले अध्यक्षद्वारा प्रचण्ड र रविसँग रेगुलर कन्ट्याक्टमा रहेको खुलासा
नयाँ सत्ता समीकरणपछि एमाले सचिवालय बैठक पहिलो पटक हिजो बस्यो । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी मुख्यालयमा बसेको बैठकमा समसामयिक विषय र मुलुकको पछिल्लो राजनीतिको बारेमा छलफल भएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेससँगको गठबन्धन एकाएक तोडेको विषयमा कतिपय नेता आइतबार साँझसम्म बेखबर देखिन्थे । बैठकमा समीकरण परिवर्तनबारे जानकारी गराउँदै अध्यक्ष ओलीले आफू प्रधानमन्त्री दाहाल र रास्वपा सभापति रवि लामिछानेसँग निकै अघिदेखि सम्पर्कमा रहेको जानकारी गराउनुभएको बताइन्छ ।
ओलीको भनाई उद्धृत गर्दै एक जना पदाधिकारीले भने, ‘हामी पहिलेदेखि नै गठबन्धन तोडाउने कोशिसमा थियौं । बाहिर सुईंको पाउनेबित्तिक्कै प्रतिक्रियावादीहरुले खेल्ने भएकाले अति गोप्य राखियो । प्रचण्डसँग मेरो नियमित कुराकानी भइरहेको थियो ।’
सोही क्रममा काँग्रेस र प्रधानमन्त्रीको बीचमा एकाएक आशंका उब्जियो । सोही परिस्थितिमा पछिल्लो निर्णय एकाएक भएको अवस्था देखिन आएको उहाँको भनाई थियो ।
सुईंको पाउनेबित्तिक्कै प्रतिक्रियावादीहरुले खेल्ने भएकाले अति गोप्य राखियो । प्रचण्डसँग मेरो नियमित कुराकानी भइरहेको थियो ।’
बैठकमा अध्यक्ष ओलीले रविसँग पनि पहिलेदेखि नै रेगुलर सम्पर्कमा रहेको बताउँदै भन्नुभयो, ‘अहिलेको गठबन्धनलाई जोगाएर लैजानुपर्छ । किनभने हामीले यसका लागि धेरै त्याग गरेका छौं ।’
अघिल्लो समीकरण भत्काउने र पछिल्लो बनाउने क्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग गरिएको कुराकानीबारे पनि उहाँले बताउनुभएको छ । तर, नेपालसँगको पुरानो तुषबारे उल्लेख नगर्नुभएको र राजनीतिक घोचपेच पनि कसैलाई नगर्नुभएको बुझिएको छ । बाहिर चर्चा भएझैँ राजनीतिक गठबन्धन परिवर्तनमा शक्ति राष्ट्रहरुको चलखेल भन्ने सम्बन्धमा अध्यक्षले केही पनि उच्चारण गर्नुभएन ।
बैठकपछि एमाले नेताहरु पछिल्लो गठबन्धन भत्काउन भारतीयहरुको प्रयास हुनेमा ढुक्क देखिन्छन् । एक जनाले भने, ‘सबैभन्दा पहिले उपेन्द्रको पार्टी फुटाउन खोज्छन् । किनभने यो घटना उनीहरुको निम्ति अप्रत्याशित भयो । भारतीय प्रयासमा जसपा अडिन्छ वा अडिँदैन भन्ने मुख्य कुरो हो ।’
टिप्पणीहरू