७७ जिल्ला,एकै ठाउँबाट आधा दर्जन मन्त्री अट्न कत्तिको मिल्ला ?

७७ जिल्ला,एकै ठाउँबाट आधा दर्जन मन्त्री अट्न कत्तिको मिल्ला ?
सुन्नुहोस्

सुदूरपश्चिम प्रदेश सरकार विस्तारपछि एउटै जिल्लाका मन्त्रीको संख्या आधा दर्जन पुगेको छ । मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार हिजो विस्तार गर्दा कैलालीका छ जना मन्त्री बनेका छन् ।

सुदूरपश्चिमका ९ जिल्लामध्ये सरकारमा दुई जिल्ला मात्र समेटिएको छ । सात सदस्यीय प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्ट बैतडीका हुन् । त्यसबाहेक मुख्यमन्त्री शाहसहित अरु सबै कैलालीका हुन् ।

मुख्यमन्त्री शाह कैलाली प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभाबाट निर्वाचित भएका थिए । त्यसै क्षेत्रको अर्को प्रदेशसभाबाट निर्वाचित रामेश्वर चौधरी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री छन् ।

कैलालीका प्रदेश सभा सदस्यमध्ये घनश्याम चौधरी आर्थिक मामिलामन्त्री,खुशीराम चौधरी विना विभागीय मन्त्री छन् । त्यस्तै भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवा र सोही जिल्लाकी समानुपातिक सांसद इन्दिरा गिरी भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री बनेकी छन् । 

५२ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकारलाई बहुमतका लागि २७ जना सांसद आवश्यक पर्छ । अहिले काँग्रेसका १८, नागरिक उन्मुक्ति पार्टीका ७ र एक स्वतन्त्र गरी २६ जना सांसदको मात्रै समर्थन छ । 

संघीय सरकारको गठबन्धनबाट नेपाली काँग्रेस हटाइएपछि सुदूर पश्चिमका माओवादी मन्त्रीहरुलाई मंगलबार बर्खास्त गरिएको छ । त्यसपछि नेपाली काँग्रेस नेतृत्वमा रहेको प्रदेश सरकर स्पष्ट अल्पमतमा पुगेको छ ।

 

टिप्पणीहरू