तरबारको धार र ३० वर्षदेखि पस्कँदै आएका समाचार
जनआस्था साप्ताहिकले प्रकाशनको २९ औं वर्ष पूरा गरी ३० वर्ष टेकेको छ । सन् १९९५ मार्च ८ (२०५१ फागुन २४ गते बुधबार), अर्थात् अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर साप्ताहिक अखबारका रुपमा प्रकाशन आरम्भ भएको जनआस्था आज पनि उही बार र उही कलेबरका साथ पाठकसामु प्रस्तुत छ ।
नेपाली समाचारको बजारमा ‘सरकारी’ र ‘मिशन’ पत्रकारिताले मात्र स्थान पाइरहेको थियो । २०४६ सालको परिवर्तनले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्दै पत्रकारितामा व्यवसायिकताको खोजी गरिनुपर्ने समय थियो । तर, यथेष्ट तत्परताको अभावका बीच जनआस्थाले व्यवसायिक पत्रकारिताको क्षेत्रमा फरक शैली र सन्दर्भसहित आफ्नो प्रकाशनलाई पेश गर्दै रह्यो । त्यसअघि पत्रकारिता पेशा नै राज्यको संस्थापन र गैरसंस्थापनका नाममा विभाजित थियो । पञ्चायतकालमा व्यवस्था पक्षधर र विरोधी गरी दुई किसिमका मिशनमा पत्रकारिता चल्यो । पृष्ठभूमिका आधारमा हेर्दा पञ्चायतविरोधी, वाम–प्रगतिशील धारका पत्रकारहरूको संलग्नतामा जनआस्थाको प्रकाशन शुरु भएको हो । दृष्टि साप्ताहिकमा कार्यरत रही पहिला पञ्चायतविरुद्ध र पछि वाम आन्दोलनको पक्षमा पत्रकारिता गरेका पत्रकारहरूले दलीय पक्षधरताबाट मुक्त भई व्यवसायिक पत्रकारिता गर्ने प्रणका साथ शुरुवात गरेको संस्था हो, जनआस्था । दृष्टिबाट अलग भई किशोर श्रेष्ठले सम्पादक, राजेन्द्र स्थापितले प्रबन्ध सम्पादक र रवीन सायमीले कला निर्देशकको भूमिकासहित यसको प्रकाशन आरम्भ गरेका हुन् । वरिष्ठ पत्रकार कमल कोइरालाले सल्लाहकारका रुपमा आजसम्म यस प्रकाशनलाई साथ दिँदै आउनुभएको छ ।
प्रारम्भकालीन जनआस्थालाई कमल कोइराला, स्व. रमेश विकल, स्व.प्रेमसिंह धामी, स्व.भिक्षु अश्वघोष, प्रदीप नेपाल, आनन्दराम पौडेल, स्व.बारबरा एडम्स, स्व.अग्निशिखा, भूपनिधी पन्त, कृष्णज्वाला देवकोटा, रमेशकाजी स्थापित, सुरेश मानन्धर, स्व.एल्भिस जोशीसहितका स्तम्भकारका सशक्त प्रस्तुतिले बल दिएको थियो । यो क्रममा समाचारका क्षेत्रमा टीकाराम राई, गुणराज लुइँटेल, विनोद ढुंगेल, सुधीर शर्मा, कमल पौडेल, कृष्ण भट्टराई (अविरल), राजकुमार दिक्पाल, हरिहरसिंह राठौर, मनरुप नेपच्युन, फोटोमा सन्तोष पोखरेल, यात्रा थुलुङ, निश्चल चापागाईंहरूले गरेको मिहिनेत जनआस्थालाई बजारमा स्थापित गर्ने र यसप्रति पाठकीय सहभागिता अभिवृद्धि गर्ने कार्यमा महत्वपूर्ण छ । यसपछि क्रमशः श्रमजीवी तथा व्यावसायिक पत्रकारहरू जनआस्थामा आउने–जाने क्रम चलिरह्यो । विभिन्न समयमा जनआस्थामा आबद्ध रहिसकेका सीताराम बराल, चुडामणि भट्टराई, टंकमणि शर्मा, कौशल चेम्जोङ, धीरेन चेम्जोङ, माधव ढुंगेल, राजाराम गौतम, पुष्प केसी, नवराज सुवेदी, हेमचन्द्र बस्नेत, दीपक अधिकारी, तीर्थराज सिग्देल, महेन्द्र विष्ट (मोरङ), डम्बरकृष्ण श्रेष्ठ (अनुशील), प्रकाशविक्रम शाह, अरुण बराल, सीताराम भट्टराई, दीपेन्द्र राई (दीनदुःखी), यादव देवकोटा, उमेश कोरङी, रमेशकाजी स्थापित, शंकर सौगात, अर्जुन क्षेत्री, रमेश सुवेदी, जीवन शाक्य, राजेन्द्र मानन्धर, यतिराज न्यौपानेको योगदान स्मरणीय छ ।
त्यस्तै, रोशन साँवा, सिद्धराज तिमल्सिना, सरोज ढकाल, सुरेश कसजु, मातृका पौडेल, सोमनाथ बास्तोला, गौरी प्रधान, विजय स्यस्यः, भाइराजा तुलाधर, दुर्गा भण्डारी, खगेन्द्र थापा मगर, गोविन्द भट्टराई, शेरबहादुर केसी, भरत भट्टराई, बालकृष्ण प्रजापति, सुभानकुमार श्रेष्ठ, धर्मरत्न तुलाधर, दानदास श्रेष्ठ, अम्बिका भण्डारी, रमण पनेरु, नवराज रोस्यारा, ददि सापकोटा, अनुराधा पौडेल, अनिल शर्मा बिरही, रमेश खड्का, पुष्पलाल पाण्डे, गोविन्दराज बिष्ट, विन्देश्वर खनाल, स्व. कल्याणबन्धु अर्याल, दयाराम डाँगी, यादवप्रसाद पाण्डे, शरद् अधिकारी, सूर्यप्रकाश भट्टराई, टीकाराम भट्टराई, बेनुप भट्टराई, स्व.किसन राई, झलक सुवेदी, स्व.टिमोथी ओलिभर हिभर, चुरा थापा, लक्ष्मण देवकोटा, विमल विष्ट, ओम थापा, रामेश्वर कार्की, गोपी बूढा, परशुराम काफ्ले, गजेन्द्र बुढाथोकी, मनमणि काफ्ले, अमृत तिमिल्सिना, राजेन्द्र रिमाल, सुविन श्रेष्ठ, मनोज थापा, जीवन श्रेष्ठ, रामचन्द्र भट्ट, माधव बस्नेत, श्याम कुँवर, राजेशकुमार अर्याल, रामकुमार एलन, शिवकुमार काशी, धनवीर दाहाल, माधव बिद्रोही, तीर्थ सिग्देल, दुर्गाप्रसाद शर्मा, सुरेश कसजु, बद्रीविनोद प्रतीकलगायतको आबद्धता उल्लेख्य छ ।
अहिले जनआस्थाको सम्पादकीय तथा व्यवस्थापनमा स्थापनाकालदेखि नै किशोर श्रेष्ठ र राजेन्द्र स्थापितको नेतृत्व रहँदै आएको छ । २५ वर्षदेखि विश्वमणि सुवेदी, २६ वर्षदेखि उमेश दाहाल, शिव–बद्री अधिकारी, सुरज श्रेष्ठहरूको आजसम्म उत्तिकै सक्रिय उपस्थिति छ । स्थापनाकालदेखि नै जनआस्थाको बजार व्यवस्थापनमा कार्यरत खिलबहादुर थापा (मिलन), २०६० सालदेखि आबद्ध शेरबहादुर बस्नेत (माधव) हरू निरन्तर कार्यरत छन् । ०६४ सालदेखि आबद्ध हरि गजुरेल, दीपकराज घिमिरेसहित पछिल्लो समयमा जोडिने साहस न्यौपाने, अनुशा-रूषा थापा, रिज्जु महर्जन, उत्तम र रिकेश बिक, मोतीराम तिमल्सिना, अजय गोर्खाली, सटेन्द्र जवेगु, गणेश लम्साल, नमस्कार शाह, शंकर धामी, कमल भट्टराई, दिलीप कुँवर, इन्दिरा बस्नेत, शरद कार्की, सरोज श्रेष्ठले जनआस्थाको यात्रामा साथ दिइरहेका छन् ।
प्रकाशनको ३० वर्ष प्रवेश गरेको अवसरमा जनआस्था परिवार समस्त पाठक, विज्ञापनदाता, वितरक तथा शुभचिन्तकप्रति हार्दिक आभार प्रकट गर्दछ ।
टिप्पणीहरू