कमल थापा जिन्दावाद भन्दै रंगशाला अगाडि कुदाकुद

कमल थापा जिन्दावाद भन्दै रंगशाला अगाडि कुदाकुद
सुन्नुहोस्

राजा फर्काउने अभियानमा रहेको पूर्वपञ्चहरुको पार्टी राप्रपा नेपालले आज काठमाडौँमा विरोध प्रदर्शन गरेको छ । 

सो पार्टीको युवा संगठन राष्ट्रिय युवा संघले त्रिपुरेश्वरदेखि भद्रकालीसम्म जुलुस निकालेको हो । अध्यक्ष उज्वल पोखरेलको नेतृत्वमा निस्किएको जुलुसमा करिब तीन दर्जन जति सहभागी छन् । 

पार्टीको झण्डा,ब्यानर र प्लेकार्ड बोकेर निस्किएका कमलका कार्यकर्ताले 'राप्रपा नेपाल जिन्दावाद', 'कमल थापा जिन्दावाद', 'सहकारी,लघुवित्त ठगलाई कारबाही गर', 'सामाजिक सद्भाव कायम गर','शान्ति सुरक्षा कायम गर', 'भ्रष्टाचारीलाई कालाेमाेसाे,अन्याय अत्याचारीकाे लिन्छौं  सात्ताे', 'हिमाल पहाड तराई,काेही छैन पराई'जस्ता नारा लगाएका थिए । 

राप्रपाको अध्यक्ष हुन नपाएपछि राजा नमान्ने घोषणा गरेर गत आमचुनावमा एमालेको सूर्य चिन्हबाट उठेका कमल पुनः राजसंस्था पुनर्स्थापनाको बाटोमा फर्किएसँगै निरन्तर आन्दोलनमा छन् ।

टिप्पणीहरू