सेनापतिको आँखैमुन्तिर भयंकर शोषण

सेनापतिको आँखैमुन्तिर भयंकर शोषण
सुन्नुहोस्

जंगी अड्डाको ५ मीटर दूरीमा रहेको श्री विद्युत् तथा यान्त्रिक सेवा केन्द्रमा रासनमा भइरहेको अनियमितता तथा अत्याचारको कथा हो यो ।

प्राविधिक महासेनानी दिपक अधिकारी र टुआइसी सुरेशराज आचार्यले गरिरहेको अन्याय खपिनसक्नु छ । खुमबहादुर कुँवर क्षेत्री केन्द्रपति हुँदा नमूना तथा स्केलबमोजिम राशन खुवाई २५ प्रतिशत रकमबाट समेत नियमबमोजिम माछा, च्याउ तथा अन्य खानेकुरा नियमित वितरण भइरहेकोमा हाल अधिकृतहरुलाई समेत डबल राशनको व्यवस्था गरिएको छ । 

जवान भान्सामा संख्याअनुसार पाक्नुपर्ने राशनमा ५० प्रतिशत कटौती गरिएको हुँदा खानाको गुणस्तर एकदमै खस्किएको छ । पदिक मेसमा दैनिक खाजा गेडागुडी उसिनेर खुवाउने गरिएको छ भने मासिक मेस खर्चबापत पाउने खर्च केन्द्रपतिले साबुन र खाजाको बिल बनाई खाने गरेका छन् । अधिकृत मेसमा दैनिक चिकेन म : म, मटन म :म तथा अफिसर क्लबबाट विभिन्न किसिमका महँगा खाजा ल्याई खुवाउने गरिएको छ ।

हप्ताको चार स्केल मासु खुवाउनुपर्नेमा बढीमा दुई स्केल दिने गरिएको छ । ठेकेदारले हालेको मूल्यअनुसार सकल दर्जाले रु. १२ सयमै ग्यास लान पाउनुपर्ने हो तर हालसम्म कहिले पनि यसरी वितरण गरिएको छैन । राशन भागबण्डा गरी बा१झ ५०३ नम्बरको गाडीमा केन्द्रपति तथा सहायक केन्द्रपतिको घरमा पुर्‍याउने गरिएको छ । मासुको स्केल भएको बेला केन्द्रपतिलाई रातो फल मासु दुई केजी, टुआइसीलाई डेढ केजी, प्रबन्ध अधिकृत तथा पदिकलाई १/१ केजी बाँड्ने गरिएको छ भने निर्देशनालयका प्रमुख सेनानीभन्दा माथिका अधिकृतलाई समेत १/१ केजीको दरले घरैमा पुर्‍याउने गरिएको छ । ग्याससमेत प्रतिमहिना ४/४ वटा ड्राइभर प्रा.हु. राजेश बस्नेत र राजेन्द्र भण्डारीमार्फत प्रबन्ध अधिकृत र प्रबन्ध जमदारले घरमा पठाउने व्यवस्था मिलाएका छन् । 

प्रत्येक शुक्रबार जवान भान्सामा खाना खाने नीतिअनुसार सम्पूर्ण सकल दर्जालाई एउटै आइटम खुवाउनुपर्नेमा अफिसरहरुलाई काँक्रो, मुला, गाजर, कागतीसमेत राखी सलाद दिइएको हुन्छ तर पदिक र अन्य दर्जालाई कुनै व्यवस्था छैन । रेकर्ड फाँटको दुरुपयोग भइरहेको छ । प्रासु अनिल अधिकारी तथा प्राहुलाई राखी निजहरुले शान्ति सेनाको स्वदेश तथा विदेश कोर्स र सरुवा, बढुवामा कोशेली खाने गरेका छन् । नजिककाहरुलाई शान्ति सेनामा दोहोर्‍याई, तेहर्‍याई हाल्ने र निजहरुबाट २ देखि ३ लाखसम्म असुल्ने गरिएको छ । विदेश कोर्षमा जाँदा ५० हजारदेखि १ लाखसम्म असुल्ने गरिएको छ भने पोष्टिङ गर्दासमेत २५ हजारदेखि ५० हजारसम्म बुझिन्छ । 

कुनै व्यक्ति १०–१५ वर्षदेखि एउटै कार्यालयमा बसेका छन् भने रकम नबुझाउँदा कतिपयलाई २ देखि ६ महिनामा सरुवा गरिन्छ । प्रा.सेनानी सरिन तुलाधर, र रविन्द्र श्रेष्ठलाई १० औं वर्षदेखि जंगी अड्डा परिसरमै घुमाइराखिएको छ । निजहरुले विभिन्न मर्मतको काम गर्दा लाखौं रुपैयाँ बुझाउने गरेका छन् भने रविन्द्र हाल सम्भारमा काज मिलाई गएका छन् । हामीले पटक–पटक सहायक रथी गजेन्द्रनाथ कर्माचार्यलाई रिपोर्ट पनि नगरेका होइनौं तर आजसम्म कुनै सुनुवाई भएको छैन । 

केन्द्रपति र सहायक केन्द्रपति प्रत्येक शुक्रबार गुड फ्राइडे मनाउन सरकारी गाडी प्रयोग गरी महाराजगञ्ज र सुन्धारा जाने गरेका छन् भने दोहोरी साँझमा बसी सुरेशले जर्साबलाई व्यवस्था गरेकै छौं, किन डराउँछौं, बूढो अलि लोभी छ, मासुको स्केल बढाइदेऊसमेत भन्ने गरेका छन् । राशन बचाउने उद्देश्यले नियमविपरीत जनशक्तिलाई राते/आउट छाडेअनुसार न्यूनतम १०÷१२ लाख मासिक आम्दानी हुनुपर्नेमा दुई लाखको मात्रै हिसाब देखाउने गरिएको छ । 

हालै सम्पन्न सेवा केन्द्र र इएमई डेमा पनि दुई महिना अगाडिदेखि राशनको मासु कटौती गरिराखिएको भनिएकोमा उक्त वार्षिक उत्सवको अवसरमा खसी तथा बोकाको मासु किनेको बिल बनाई बोर्डमा राखिएको छ । परिवारसमेत बोलाइएको भनी उपस्थितिभन्दा दोब्बर संख्या देखाएर सोही अनुपातमा खर्च विवरण तयार पारिएको छ । काटिएको बोकाको मासु निर्देशकसहित अन्य मसे र प्रसेको घरमा ५ केजीको दरले पोको पारी केन्द्रपतिले सिंगै कालो बोको आफ्नो छोराछोरी र परिवारका लागि लगेका छन् ।

– पीडितहरू
 

टिप्पणीहरू